नियम १०
सवारी धनीको मृत्यु भएको सवारीको नामसारी
(१) दर्ता भएको कुनै सवारीको धनीको मृत्यु भई त्यस्तो सवारी धनीको प्रचलित कानून बमोजिमको हकवालाले सो सवारी आफ्नो नाममा नामसारी गर्न चाहेमा ऐनको दफा ३७ को उपदफा (२) मा उल्लेख भए बमोजिमका कागजात तथा अनुसूची–३ बमोजिमको दस्तुर सहित त्यस्तो सवारी दर्ता भएको कार्यालयमा अनुसूची–१३ बमोजिमको ढाँचामा दरखास्त दिनुपर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त पर्न आएमा त्यस्तो दरखास्तको सम्बन्धमा कार्यालयले आवश्यक जाँचबुझ गरी दरखास्तवालाको माग बमोजिम सवारीको नामसारी गर्न उपयुक्त देखेमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही नामसारी गरी दिनेछ ।